बुधबार ३ हजार ६१७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३६३७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९९ जनाको पीसीआर परीक्षण गर्दा २२०५ जना र ५०८३ जनाको एन्टीजेन परीक्षण गर्दा १४३२ जना गरी ३६३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ७५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप १२ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७६४ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार