बालुवाटारमा प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफल

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहँदा नेपाल पनि पुगेका हुन् । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूकाबीचमा नै मत भिन्नता देखिएको छ भने  निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट औपचारिक रुपमा निर्वाचनको मिति घोषणा गर्ने तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार