अर्बों भष्ट्राचारमा मुछिएका व्यक्ति नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अर्बो भष्ट्रारमा मुछिएका प्राधिकरणभित्रैका कनिष्ठ कर्मचारीलाई महानिर्देशक बनाउने निर्णय गरेको छ । सोमाबारको मन्त्रीपरिषद बैठकले अधिकारीलाई प्राधिकरणको जिम्मेवारी सुम्पने निर्णय गरेको पर्यटन मन्त्री आलेले मंगलबार बसेको प्राधिकरणको सञ्चालक समिति (बोर्ड) बैठकमा जानकारी दिएका छन ।

मोटो आर्थिक चलखेलमार्फत प्राधिकरणमा १२औं तहका आधा दर्जन कर्मचारी हुँदा हुँदै पर्यटनमन्त्री आलेले करोडौं आर्थिक चलखेल गरी ११ औं तहका जुनियर अधिकारीलाई नियुक्ति दिलाएको भन्दै अहिले प्राधिकरणभित्र खैलाबैला शुरु भएको छ ।

‘पहिला मन्त्रीज्यूले भ्रष्ट, जुनियर र विवादास्पद भन्दै प्रदीप अधिकारीलाई १२औं तहको बढुवामा नाम छुटाइदिनु भयो। तर, अहिले उहाँ एकाएक यूटर्न भएर १२औं तहका सिनियरलाई पाखा लगाइ उनै जुनियर र भ्रष्टलाई मन्त्रिपरिषद्मा लगेर महानिर्देशक बनाउनु भयो।’ मन्त्रालयका ती अधिकारीले वताए ।

आफूले १ रुपैयाँ पनि भ्रष्टाचार नगर्ने वाचा गर्दै आएका आलेले जुनियर अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउँदा भने करोडौंको चलखेल गरेको स्रोत बताउँछ । भित्रभित्रै गर्न खोजेको सेटिङ भत्किएपछि सामाजिक सञ्जालमा देखाएर वतास प्रकरणमा वाहीवाही कमाएका मन्त्री आलेले अधिकारीको नियुक्तिमा पनि गोप्य रुपमा सहमती गरेको प्रधिकरणकै कर्मचारीहरु दावी गर्छन् ।

वतास प्रकरणमा चर्चा कमाएका मन्त्री आलेमाथि यसअघि क्यासिनोको लाइसेन्स बितरणमा घुस असुली गरेको आरोप लागेको थियो ।

मन्त्रालय स्रोतका अनुसार प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन पूर्व पर्यटनमन्त्री धनबहादुर बुढाले सेटिङ मिलाएका थिए। बुढाले अधिकारीलाइ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकहाँ लगेर सबै चाँजोपाँजो मिलाएका थिए । बुढाले अधिकारीलाई महानिर्देशक बनाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासम्म पनि सेटिङ मिलाएका थिए । महानिर्देशक बन्न सबैतिर सेटिङ मिलाउँदा अधिकारीले पूवर्मन्त्री बुढामार्फत १० करोड खर्च गरेको मन्त्री आले निकट स्रोतको दावी छ ।

अधिकारी तिनै हुन्, जसले प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाहरु भैरहवा, पोखरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखका रुपमा एक खर्बको बजेट परिचालन गरेका थिए । यी गौरवका आयोजनाहरुको निर्माणदेखि परामर्शदाता छनौटमा अधिकारीले करोडौं करोड आर्थिक चलखेल गरेका थिए ।

को हुन् प्रदीप अधिकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, निजगढी अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्राधिकरणका सबै राष्ट्रिय गौरबका आयोजनाका प्रमुख बनेर अर्बौका ठेक्कामा सेटिङ गरी करोडौंलाभ लिएको आरोप खेप्दै आएका व्यक्ति हुन् अधिकारी । अधिकारीविरुद्ध पटक–पटक अख्तियारमा मुद्दा परेको थियो । पोखरा एयरपोर्टमा कार्यरत हुँदा उनीविरुद्ध स्थानियले आन्दोलन समेत गरेका थिए ।

अधिकारीको सेटिङमा २ बर्षअघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे को ठेक्का दिइएकोमा २० प्रतिशत पनि काम भएको छैन ।

अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन (एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि गरिएको टेण्डरमा सुरुदेखि नै निश्चित ठेकेदारलाई दिनेगरी सेटिङ गरेका थिए । करिब नौ अर्ब २० करोड रुपैयाँको यो ठेक्कामा सहभागी हुनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाबाट २ अप्रिल २०१९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।

१७ मे २०१९ को अन्तिम मिति राखेर आह्वान गरिएको सो टेण्डरमा ख्यातीप्राप्त अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूका तर्फबाट एकल र संयुक्त उपक्रम गरी ७ वटा प्रस्ताव पेश भएका थिए । जसको प्राविधिक प्रस्ताव मूल्यांकनकै क्रममा अधिकारीले सेटिङमा ५ वटा कम्पनीलाई फेल गराई अघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशन र चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशन (सीएमसीई) लाई मात्र पास गराएका थिए । प्राविधिक प्रस्तावमा पास गरिएका दुवै कम्पनी चाइना रेलवे इन्जीनीयरिङ कम्पनीकै सहायक कम्पनी हुन् ।

एउटै कम्पनी अन्तर्गतका दुई सहायक कम्पनीको प्राविधिक प्रस्ताव पास गरी आर्थिक प्रस्ताव माग गरिएको थियो, जसमा दुवैले मिलेर प्रस्ताव हालेका थिए । चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई कम दरमा प्रस्ताव गरेको देखाएर प्रदीप अधिकारीको सेटिङमा ठेक्का दिइएको थियो । यी दुवै कम्पनीको एजेन्ट यति ग्रुप हो । जसले २ बर्षसम्म २० प्रतिशत पनि काम गरेको छैन । दुई कम्पनीबाहेक अरुलाई प्राविधिक प्रस्तावमा पास हुन दिएको भए ट्याक्सी वेको निर्माण २ अर्ब कम मूल्यमा हुनेथियो । तर, प्रदीप अधिकारीले यतिसँग सेटिङ गरी राज्यलाई २ अर्ब नोक्सान पार्ने काम गरेका थिए ।

सात वटा कम्पनीमध्ये ५ वटालाई प्राविधिक रुपमा अयोग्य ठहर्याउने क्रममा नारायणगढ–बुटवल सडक निर्माण गर्ने चीनको प्रख्यात कम्पनी स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसनलाई समेत अयोग्य ठहर्याई प्रतिस्पर्धा नै सीमित गरी सेटिङको कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई ठेक्का दिइएको थियो, जसको नेपाली एजेन्ट यति समूह नै हो । यति समूह एजेन्ट रहेको चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनले परियोजनाको काम २० प्रतिशत पनि गरेको छैन ।

नारायणगढ–बुटवल सडक खण्डको निर्माण गरेको स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसनले आफ्नो कम्पनीलाई कुनै कारणविना नै नियतबस प्राविधिक प्रस्तावमा अयोग्य ठहर गरिएको उजुरी हवाई यातायात क्षमता अभिबृद्धि आयोजना, नागरिक उड्डयन प्राधिकरण, संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि दियो । एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन (एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि भएको ठेक्कामा अनियमितता भएको उजुरीमा पर्यटन मन्त्रालयले समेत छानबिन नगरी गुपचुप राख्ने काम गरेको थियो ।

अधिकारीमाथि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा पनि चिनियाँ ठेकेदारसँग सेटिङ गरी लागत दोब्बर बढाएर करोडौ लाभ लिएको आरोप छ ।

पोखराको विमानस्थलको लागत दोब्बर बढाएर ठेक्का लिएको चाइनीज कम्पनीले सिंचाईको लागि कुलोको समेत ब्यवस्थापन नगरेको स्थानीयको गुनासोपछि पर्यटन मन्त्री प्रेम आलेले चिनियाँ ठेकेदारलाई बोलाएर कुलोको पानी एयरपोर्टमा नआउनेगरी ब्यवस्थापन नगरेसम्म भुक्तानी नगर्न प्राधिकरणका अधिकारीलाई निर्देशन दिनुपरेको थियो । मन्त्री आले २०७८ मंसिर १७ गते पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निरीक्षण गर्न जाँदा चिनियाँ ठेकेदार कम्पनी सीएएमसका प्रतिनिधि नै नआएपछि उनले सोधीखोजी गरेका थिए ।

मन्त्री आलेले विमानस्थल निर्माणमा लापरबाही गरेको देखिएपछि ठेकेदारका प्रतिनिधिको खोजी गरेका थिए । तर, ठेकेदारलाई खोजी गर्दा पनि उपस्थित नभएपछि उनले विमानस्थलमा सिंचाईका लागि खनिएको कुलोबाट पानी विमानस्थलमा नआउने गरी स्थायी संरचना नबनाएसम्म भुक्तानी नदिन निर्देशन दिएका थिए । पोखरा विमानस्थल चीनको एक्जिम ब्याङ्कको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपियाँको निर्माण भएको हो ।

जबकि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत पहिलो चरणको ९ अर्ब र दोस्रो चरणमा १० अर्ब खर्च हुने अनुमान गरिएको छ । पोखरादेखि भैरहवा विमानस्थलको ठेक्का प्रक्रियादेखि लाइटिङ र माटो पुर्ने लगायतका हरेक काममा प्रदीप अधिकारीले करोडौंको भ्रष्टाचार गरेको स्रोतको दावी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार