दार्चुलामा सडकको ट्र्याक निर्माण कार्यको जिम्मेवारी सेनालाई

दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

बैठकले सेनाबाट उक्त निर्माण कार्य गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार