प्रधानमन्त्री र आयोगबीच छलफल जारी, निर्वाचनको प्रस्तावित मिति जेठ ४

सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्ने गरी निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिरहेका छन् ।

देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते हुने बताइसकेका छन् । २०७९ जेठको पहिलो हप्ता स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुनेछ ।

त्यसअघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो। सत्तारुढ पाँच दलीय गठबन्धनमा स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय भएपनि औपचारिक रुपमा मिति भने तोक्न सकेको छैनन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले चाँडो चुनावको मिति घोषणा गर्न दबाब दिइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार