जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको भनाई

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।

सोमबार प्रधानमन्त्री देउवाले बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटारमा भेट्न पुगेका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

ऐनबमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुन्छ । प्रधानमन्त्री देउवाले त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने बताएको कांग्रेस वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले जानकारी दिए ।

२०७९ जेठको पहिलो हप्ता स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुनेछ । त्यसअघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो। सत्तारुढ पाँच दलीय गठबन्धनमा स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय भएपनि औपचारिक रुपमा मिति भने तोक्न सकेको छैनन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले चाँडो चुनावको मिति घोषणा गर्न दबाब दिइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार