भीम रावल नक्कली पीएचडी हुन् : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका नेता डा. भीम रावललाई नक्कली पीएचडीको आरोप लगाएका छन् ।

केहि समयदेखि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा वकालत गरिरहेका भट्टराईले आफूले ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’हो भने कहिले ? कहॉ ? कसरी खुलाउनुपर्दैन ? भन्दै रावललाई चुनौतीसमेत दिएका छन् ।

‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् ! विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ । उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको”हो भने कहिले,कहॉ,कसरी खुलाउनुपर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’ भट्टराईले ट्विट गर्दै भने ।

एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धनमा समेत सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन् भने सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल दबाबमा परेका छन्। यसले सत्ता गठबन्धनको भविष्य पनि अन्योलमा परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार