अघिल्ला ५ दिनसम्म लगातार घटेको सुन मंगलबार बढ्यो

अघिल्ला ५ दिनसम्म लगातार घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कायम भएको हो । यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १ हजार २४० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार