एमाले केन्द्रीय समिति बैठक बस्दै, नेपाल समूह नजाने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो १ बजे बैठक बोलाइएको छ ।

ओलीले केही दिनअघि बोलाएको केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन् ।

नेपालनिकट केन्द्रीय सदस्य निरज आचार्यले ओलीले विधानविपरीत काम गरिरहेकाले उनले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए । बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार