भारतमा एकै दिन दुई लाख ७५ हजार संक्रमित थपिए, १६ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसका संक्रमित उच्च संख्यामा बढ्न थालेका छन् । गत २४ घण्टाभित्र त्यहाँ २ लाख ७५ हजार ३०६ जना नयाँ संक्रमित थपिएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” एक सरकारी उच्च अधिकारीले भने ।

त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६२५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७९३ पुगेको देखिएको छ । त्यसैगरी कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख ५७ हजार ७६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये एक करोड २९ लाख ४८ हजार ८४८ जना निको भइसकेका छन् भने १९ लाख ३० हजार १२६ सक्रिय संक्रमित रहेका छन्।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार