धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको हो ।

आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार