पुन:नियुक्त भएका मन्त्री थापाले लिए सपथ

नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त गृहमन्त्री थापालाई आइतबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गराएकी छन् ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो । गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेपछि उनी राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए । थापा संसद सदस्य नरहेको हुनाले संविधानको धारा ७८ अनुसार मन्त्री नियुक्ति भएका हुन् । थापा अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार