कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढालाई शपथ गराएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने नेकपा एमालेको माधव नेपाल समूहका तीन जनालाई शनिबार साँझ मन्त्रीमा नियुक्त गरेका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भए पनि उनी भने मन्त्री बनेका छैनन् । उनीहरुलाई एमालेले भने पार्टीबाट निष्कासन गरिसकेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार