मोरङमा उखुबारीको अर्को खाल्डोमा पनि शव भेटियो

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको छ । उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गरिएको थियो ।

बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो खन्दा गाडेको अवस्थामा दुई पुरुषको शव फेला परेका हुन् ।

मोरङमा उखुबारीको खाल्डोमा पुरुषको शव, पहिचान खुलेन

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार