मोरङमा उखुबारीको खाल्डोमा पुरुषको शव, पहिचान खुलेन

मोरङको उखुबारीभित्र भेटिएका खाल्डोमा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार बेलुका उत्खनन् गरिएको शवको पहिचान अहिलेसम्म हुन सकेको छैन् ।

अर्को खाल्डोमा उत्खनन कार्य जारी रहेको गरीरहेको प्रहरीले जनाएको छ । उखु काट्न पुगेका किसानले बारी भित्र खाल्डो खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उत्खनन् गर्दा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । करिब पाँच फिट गहिरो खाल्डोबाट निकालिएको शवको अनुहार पहिचान गर्न नसक्ने अवस्थामा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार