बैतडीमा बस दुर्घटना, १३ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका २ रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सलेना प्रहरी चौकीले जनाएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर जाँदै गरेको ना६ख २५७० नम्बरको रात्रीबस बिहिबार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश बिष्टले बताए । दुर्घटनामा घाइते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार