गोलाप्रथाबाट प्रदेश १ मा गोपालकुमार बस्नेत विजयी

राष्ट्रियसभा निर्वाचनको प्रदेश १ मा अन्यतर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत विजयी भएका छन् । उनी गोलाप्रथाबाट विजयी भएका हुन् ।

बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मतभार बराबर भएपछि निर्वाचन आयोगले गोलाप्रथाबाट नतिजा टुंग्याएको हो ।

आयोगका अनुसार दुवै जनाको मतभार ४ हजार ४८८ आएको थियो । अन्यतर्फ बस्नेत, बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको थियो ।

यसअघि महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार