गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ मा एमालेका शेर्पा विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

प्रदेश १ मा बुधबार सम्पन्न निर्वाचनमा अल्पसंख्यकतर्फ एमाले उम्मेदवार शेर्पाले गठबन्धनका उम्मेदवार हेमराज राई पराजित गरेका हुन् । सोलुखुम्बु निवासी शेर्पाले स्थानीय पालिकातर्फ १ सय ५२ र प्रदेश सांसदतर्फ ४२ मत प्राप्त गरे । उनले प्राप्त गरेको कुल मतभार ४ हजार ७५२ छ ।

उनका प्रतिद्वन्द्वी जनता समाजवादीका राईले ४ हजार ३६८ मतभार प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार