राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । बुधबार दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन् ।

महिलातर्फका उम्मेदवार गैरेले प्रदेशतर्फ २ हजार १६० र स्थानीय तहतर्फ १ हजार ५८४ गरि जम्मा ४ हजार ३७४ मतभार प्राप्त गरेकी थिइन भने अन्य समुदायका शर्माले प्रदेशतर्फ २ हजार ११२ र स्थानीय तहतर्फ २ हजार २३२ गरि जम्मा ४ हजार ३४४ मतभार र दलित समुदायका विश्वकर्माले प्रदेशतर्फ २ हजार १६० र स्थानीयतर्फ २ हजार १९६ गरि जम्मा ४ हजार ३५३ मतभार प्राप्त गरि विजयी भएका हुन् ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिँदैछ । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै निर्वाचन गरी सक्नु पर्ने व्यवस्था गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार