हरि खड्काको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै मुद्दा दायर

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । खड्काले आईएको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको हो ।

नेपाल प्रहरीको सइमा बढुवा हुन उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा छानबिन सुरु भएपछि दुई वर्षअघि प्रहरीको असइ पदबाट राजीनामा दिएका थिए ।

उनले माध्यमिक शिक्षा परिषद् वाराणशी, उत्तर प्रदेशबाट जारी भएको आईएको झूटो प्रमाणपत्र पेश गरी त्यसकै आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षकमा नियुक्त भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

खड्का २०५९ माघ १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए । भ्रष्टाचार निवारण ऐन २०१७ को दवाफ १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को उपदफ १ अनुसारको कसुर गरेका प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दण्ड सजायको मागदावी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार