सवा अर्ब भ्रष्टाचारको आरोपमा खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र ९ कम्पनीविरुद्ध भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा आज दायर गरिएको मुद्दामा निजहरुबाट १ अर्ब २४ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । आयोगका अनुसार चुनढुंगा उत्खननमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारले ठहर गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार