आज थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ५४९ र एन्टिजेन विधिबाट ६ हजार ८१० जनामा परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, सोही अवधिमा थप ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७१२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६७२ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार