सबैभन्दा बढी जनसंख्या वृद्धि मधेसमा, सबैभन्दा कम गण्डकीमा

नेपालमा सबैभन्दा बढी जनसंख्या मधेश प्रदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार मधेस प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २ सय ८८ पुगेको हो । यहाँको वृद्धिदर १.२५ प्रतिशत छ ।

यसअघि २०६८ सालको जनगणनामा तराई–मधेशका ८ जिल्लाको जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ थियो। दशवर्षमा यहाँ जम्मा १३ दशमलब ३६ प्रतिशतले जनसंख्या वृद्धि भएको छ ।

यस्तै, मधेस प्रदेशपछि सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा छ । यहाँ ६० लाख ८४ हजार ४२ जनसंख्या छ । यहाँको वृद्धिदर ०.९६ प्रतिशत छ । बागमतीमा अघिल्लो जनगणनामा यहाँ ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या थियो । १० वर्षमा यहाँको जनसंख्या १०.०३ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

यस्तै, लुम्बिनीमा ५१ लाख २४ हजार २ सय २५, गण्डकीमा २४ लाख ७९ हजार ७ सय ४५, सुदूरपश्चिममा २७ लाख ११ हजार २ सय ७० र कर्णालीमा १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्या रहेको छ । दश वर्षमा सबैभन्दा कम जनसंख्या वृद्धि गण्डकीमा ३.१६ प्रतिशत भएको पाइएको छ । यहाँ जम्मा ७५ हजार ९ सय ८८ जनामात्र थपिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार