मतदान लागि जाँदै गरेको गाडी दुर्घटना हुँदा सांसद सहित दुई घाइते

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गरेको गाडी दुर्घटना हुँदा सांसद सहित दुई जना घाइते भएका छन् ।

महेन्द्र राजमार्ग अन्तर्गत शुद्धोदन गाउँपालिकामा लुम्बिनी प्रदेश सांसद तुल्सी चौधरी चढेको गाडी दुर्घटना भएको हो । चौधरी चढेको बा२झ ३४४४ स्कारपिओलाई सुदुरपश्चिम–०१–००–११ १ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा परि सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन् ।

घाइते दुवै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार