माओवादीले समर्थन फिर्ता नलिएसम्म कांग्रेस अगाडी बढ्दैन: सभापति देउवा (भिडियो)

प्रधानमन्त्री पद प्राथमिकतामा नभएको तर परिआए पछि नहट्ने देउवाको भनाई

Sunrise Bank Middle Size

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडी बढ्न नसकने बताएका छन् ।

आइतबार बुढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले वर्तमान सरकार बहुमत कै हैसियतमा रहेकाले माओवादीले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताएका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाको भनाइ छ । उनले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको पनि बताएका छन् । तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था सृजना भए पछि नहट्ने उनको भनाई छ ।

सर्वोच्चको आदेशपछि नेकपाभित्रका दुई पक्ष पुरानै दलमा फकिएको भन्दै उनले नेपालको राजनीतिक महत्वपूर्ण मोडमा उभिएको बताए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...