प्रचण्डलाई भेट्न एकाबिहानै खुमलटार पुगे बर्षमान पुन

नेकपा  माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुन मंगलबार बिहानै खुमलटार पुगेका हुन् ।

भेटमा प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। ​झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार