टोखाबाट कस्तुरीको विनासहित चार जना पक्राउ

काठमाडौंको टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको विना सहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक, ४० वर्षीय राजु थापा र काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईं छन् ।

कस्तुकरीको विना किनबेच हुन थालेको सुराक पाएपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार