पदमुक्त भएका बादलको आजै पुनर्नियुक्ति

राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै गृहमन्त्रीमै पुनर्नियुक्ति गर्दैछन् । उनलाई आजै साँझ ५ बजे सपथग्रहण गराउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो । माओवादीको लिखित पत्र पाएपछि संसद सचिवालयले आइीतबार बिहान बादलको पदमुक्त भएको सूचना जारी गरेको थियो ।

यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार