राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई

यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकता अनुसार प्रहरी परिचालन गर्न सक्ने नेपाल प्रहरी कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना नबनाएको नेपाल प्रहरी कार्यालय नक्सालका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए ।

‘यही माघ १२ गते सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । उम्मेदवार भएका ठाउँहरुमा मतदाताको सङ्ख्या धेरै छैन,’ उनले भने, ‘त्यसकारण राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना बनाएको हुँदैन । प्रदेशअन्तर्गत योजना बनाइएको छ ।’ सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकता अुनसार प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।

यसैगरी, प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता रहेका छन् ।

साथै, निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन समेत दिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार