कर्णाली प्रदेशमा नवनियुक्त तीन मन्त्रीको सपथ आज

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आज (आइतबार) हुँदैछ ।

शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।

उनीहरुको सपथ आइतबार हुने तयारी गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘हामीले हिजो नै प्रदेश प्रमुखलाई पत्र पठाएका छौं । उताबाट समय निश्चित गरेपछि साँझसम्ममा शपथ गराउने कुरा छ,’ उनले भनिन् ।

नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए भने प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भएपनि उनी भने मन्त्री बनेनन् । नेकपा एमालेले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा मत विभाजन हुँदा उनीहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार