सोमबार थप १० हजार ३१९ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ८२ हजार नाघ्यो

नेपालमा सोमबार थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ वटा नमुना परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार