प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई भारतमा पक्राउ गरिएको हो । भारतबाट आजै उनलाई घोराही ल्याइनेछ ।

परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेको छ । तर एसपी सुरेश काफ्लेले चार बजेपछि मात्रै घटनाबारे बताउन मिल्ने बताएका छन् ।

कारागारका नाईकेसमेत रहेका यामराज भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागले अनुमति नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार