रचना रिमालले ल्याइन् ‘उड्ने रहर’को भिडियो

बहुचर्चित गायिका रचना रिमालको स्वर रहेको उड्ने रहर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै चर्चाको केन्द्रबिन्दुमा रहेको छ ।

वरिष्ठ गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत, वरिष्ठ गीतकार किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको गीतले रिलिज गरिएको छोटो समयमा नै कैयौँ संगीतप्रेमी नेपालीहरूले सकारात्मक प्रतिक्रिया दिएको सङ्गीतकार श्रेष्ठले बताए ।

उड्ने रहर त के भो र आकाश नै भुईँमा खसेपछि जस्ता मर्मस्पर्शी शब्दहरूमा गायिका रिमाल बगेर सलल पोखेका भावहरूलाई भिडियोमा कैद गरिएको छ । मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देशक अर्यालले नै गरेका हुन् । भिडियो गायिका रिमालकै अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार