बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ ।

नेकपा माओवादी केन्द्रले बादलमाथि कारबाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिएको थियो । सोही अनुसार आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको हो । मन्त्री पद गुमेसँगै उनी मन्त्री पदबाट पनि स्वत पदमुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार