माओवादी नेता पुन चीनबाट चार्टर्ड विमानबाट स्वदेश फर्किंदै

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ सोमबार स्वदेश फर्कंदै छन् । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर पुन, पत्नी ओनसरी घर्तीका साथ अपराह्न चार्टर विमानमार्फत नेपाल आउन लागेका हुन् ।

काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन सिधै उपचारका लागि चीन‍ गएका थिए ।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा छ । बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो । चिकित्सकहरुका अनुसार स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने र त्यसभन्दा माथि भए जण्डिस भएको मानिन्छ । उनको स्वास्थ्यमा सुधारमा आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार