डेल्टाको ठाउँ लिँदै ओमिक्रोन भेरियन्ट

कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको छ । विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । डेल्टाभन्दा बढी संक्रामक रहेको ओमिक्रोनबाट संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ ।

सजिन पोजेटिभ भएका नमुनाहरूको परीक्षण गर्दा ओमिक्रोनको पुष्टि हुने क्रम बढ्दो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो संक्रमणमा एसजिन पोजेटिभ भएका मध्ये ८८ प्रतिशत ओमिक्रोन पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा जिन सिक्वेन्सिङका ३२ मध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ । बाँकी चारवटा नमुनामा डेल्टा भेरियन्ट पाइएको छ । डा. अधिकारीले भने, ‘विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै नेपालमा समेत सोही अवस्था देखिएको छ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार