संविधानसँग बाझिएको कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई संविधानविद्हरूको सुझाव

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुनविद्हरूसँग छलफल गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको छलफलमा कानुनविद्हरूले संविधानसँग बाझिएको कानुन संशोधन गर्न सुझाव दिएका छन् ।

हामीले प्रतिनिधिमुलक रूपमा संविधानविद्हरूसँग छलफल गर्‍यौं। संविधानसँग बाझिने स्थानीय तह ऐन संशोधन गर्न उहाँहरूले सुझाव दिनुभएको छ,’ बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरूसँग भने ।

उनले संविधानको भावनाअनुसार सरकार चल्ने पनि बताएका छन् । निर्वाचन सार्ने कुरा नभएको सञ्चारमन्त्रीसमेत रहेका कार्कीले बताए । तीनै तहको चुनाव संविधानले व्यवस्था गरेअनुसार नै हुने उनले बताए ।

कानुनविद्हरूसँग प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत सहभागी थिए । कानुनविद्हरू भने सीमित संख्यामा सहभागी थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार