पदाधिकारी चयनका लागि प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । यसअघि कोरोनाको कारण बैठक पटक पटक स्थगित भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र गरि केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन् ।

यस्तै, केन्द्रीय समितिको अर्को निर्णय नभएसम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय संगठनहरुको इन्चार्ज यथावत हुने पनि बताइएको छ ।

यसअघि पुस ११ देखि १८ गतेसम्म काठमाडौंमा भएको महाधिवेशन केन्द्रीय समिति घोषणा गर्दै सकिएको थियो ।

माओवादी विधानमा पदाधिकारी केन्द्रीय समितिले गर्ने उलेख छ । प्रचण्ड भने नयाँ समितिबाट अध्यक्षमा अनुमोदित भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार