सनराइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकले दुई ठाउँमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले रामेछापको मन्थली नगरपालिका-१४, फुलासी र ओखलढुंगाको मोलुङ गाउँपालिका-१, कुन्तादेवीमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

हाल १ सय ३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १ सय ६१ वटा एटीएम र ८५ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार