दुलेगौडामा कामना सेवा विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

कामना सेवा विकास बैंकको शाखा कार्यालय दुलेगौंडा स्थानान्तरण गरिएको छ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका-८ ढोर फिर्दीको शाखा कार्यालय आइतबार दुलेगौडा-४ मा स्थानान्तरण गरिएको हो ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सञ्चालक चतुराखर अधिकारी, बलराम बराल र देवकृष्ण काफ्लेले संयुक्त रुपमा उद्घाटन गरी सेवा सुरु गरिएको छ ।

बैंकले सामाजिक सञ्जाल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,  एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमबाट समेत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको देशभर १ सय २९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम सुविधा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार