कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ

पठाओ राइडरको अपहरण गरि लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पु¥याइ लुटपाट गरेका हुन् ।

लुटपाट गरेको आरोपमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय मनराज राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले जानकारी दिए । पीडितले प्रहरीलाई दिएको बयानमा आफुलाई कुटपिट गरेपछि मुखमा पट्टी र हातखुट्टा बाँधिदिएर सडकबाट तल झाडीमा फालिदिएको बताएका छन ।

प्रहरी उपरीक्षक शाहका अनुसार सुमन काठमाडौंको कोटेश्वरबाट धापाखेल जान खोज्दै थिए । उनले त्यसको लागि पठाओ राइडरलाई बोलाए । उनलाई लिन राति पठाओ राइडर उदयपुर गाईघाट घर भई काठमाडौंमा बस्ने २५ वर्षीय प्रविन राई आएका थिए ।

उनी बागमती प्रदेश ०२०-०१-००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकल चलाउँछन् । सुमनले राइडरलाई आफू सानेपा जाने भनेका रहेछन् ।

प्रहरी उपरीक्षक शाहका अनुसार आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

उनीहरूले मोटरसाइकलसँगै ब्लु बुक, नगद ८ हजार, सामसुङको ए ५० मोबाइल लुटेर लगेका थिए । घटनाबारे प्रहरीलाई बिहान साढे १ बजे खबर भएको थियो । एक स्थानीयले प्रहरी कन्ट्रोल नम्बरमा फोन गरेपछि घटना बाहिरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार