पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको ‘तिमीसँग माया’

धिरेन लामाको स्वरमा नयाँ गीत तिमीसँग माया सार्वजनिक भएको छ । उनको आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाइएको यस गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालले स्क्रिन शेयर गरेका छन् भने पछिल्लो पुस्ताका व्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा बुद्ध थापाको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

गीतकार, संगीतकार तथा गायक समेत रहेका लामाले आफूले सबै उमेर समूहका दर्शक तथा श्रोताको भावना बुझेर यो गीत बनाएको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार