आइतबार थपिए ६ हजार ४६२ जना कोरोना संक्रमित

नेपालमा आइतबार थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ४३७ नमुना परीक्षणमा ६ हजारबढीमा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार