चितवनको नारायणगढ पुल्चोक(गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्यु भएको छ ।
चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा खसेर पोथी गैंडा मरेको हो । उक्त सडक ६ लेनको बन्दै छ । गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट आएको देखिन्छ ।
स्थानीयले आज दिउँसो मात्रै गैंडालाई खाल्डोमा खसेको अवस्थामा देखेका थिए । अहिले गैंडालाई खाल्डोबाट निकाल्ने तयारी भइरहेको छ ।