टेकु अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएपछि अस्पतालले खोप अभियान स्थगित गरेको हो ।

आइतबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

‘यस अस्पातलमा सञ्चालित कोभिड-१९ विरूद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८ माघ १६ गतेसम्म ७ दिनका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार