कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको केही मिनेटमा एक पुरुषको मृत्यु

कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा मिनेटमै एक पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय लक्ष्मण डगौराको खोप लगाएको १५ २० मिनेटमै मृत्यु भएको हो ।

आइतबार दिउँसो करीब दुई बजेतिर आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किएका उनको केही समयमै बाटोमै मृत्यु भएको हो । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएको वडाध्यक्ष भिखराम चौधरीले जानकारी दिए ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुरीमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार