कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन् ।

उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् । साथै उनले बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम हाललाई स्थगित गर्न पनि सुझाव दिएकी छन् ।

त्यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन समेत सबैमा आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार