स्थानीय तहको चुनाव समयमै गर्नुपर्छ, कुनै बहानाबाजी स्वीकार्य हुन्न: ओली (विज्ञप्तिसहित)

'जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव वैशाखमै हुनुपर्ने माग गरेका छन् । ओलीले आइतबार एक विज्ञप्ति जारी गर्दै चुनाव सार्न गरिने कुनै पनि बहानाबाजी स्वीकार्य नहुने बताएका हुन् ।

‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा एमालेको स्पष्ट, द्विविधारहित र स्पष्ट अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोकाधडी र बहानाबाजी किमार्थ स्वीकार्य हुने छैन’ ओलीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

संघीय चुनाव छिटो गर्ने बाहनामा स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने अध्यक्ष ओलीको भनाइ छ ।

उनले ताजा जनादेशको पक्षमा आफ्नो पार्टी प्रतिबद्द रहेको बताउँदै एमालेले जुनसुकै बेलामा निर्वाचन भएपछि सामाना गर्न तयार रहेको स्पष्ट पारेका छन् । ओलीले भनेका छन्, ‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार