ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र

बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो । क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारले कोभिड परीक्षण तीव्र पारेको हो ।

विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको बेइजिङमा ३० जना कोभिड संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार संक्रमित वस्तुबाट कोभिड सर्ने सम्भावना न्यून हुन्छ । तर, चिनियाँ अधिकारीहरुले भने विदेशबाट पठाएको मेलबाट पनि कोभिड सर्न सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

विश्वमा अन्य देशहरुको तुलनामा चीनको संक्रमण दर न्यून छ । चीनले कोभिडविरुद्ध शून्य सहनशिलताको नीति अप्नाउदै आएको छ । ४ फेब्रुवरीदेखि सुरु हुने ओलम्पिक खेलका लागि विभिन्न देशहरुबाट अतिथि आउने क्रम सुरु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार