स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि बार्सिलोनालाई

एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोनाले यस वर्षको ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यसअघि नै सर्वाधिक उपाधि जित्ने कीर्तिमान बनाइसकेको बार्सिनाले त्यसलाई विस्तार गरी ३१ औं उपाधि पुर्‍याएको छ । गएराति भएको फाईनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० ले हरायो ।

खेलको ५९ मिनेटसम्म गोल गर्न नसकेको बार्साले ६० औं मिनेटमा एन्टोनियो ग्रेजमनमार्फत पहिलो गोल ग¥यो । यसपछि १२ मिनेटको अन्तरमा बार्साले थप तिन गोल गरेको हो । उसका लागि लियोनल मेस्सीले दुई तथा फ्रेङ्की डि योङले एक गोल थपे ।

जितसँगै बार्सिलोनाले डच प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा पहिलो उपाधि सुरक्षित गरेको छ । सन् २०१९ यता बार्साको यो पहिलो उपाधि हो । जारी लिगमा बाािर्सलोना शिर्ष स्थानको एथ्लेटिको मड्रिडसँग २ अंकको दुरीमा तालिकाको तेस्रो स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार